scheduleशनिवार जेष्ठ ११ गते, २०७६

सलिन र मलिका रोमान्टिक मुडमा आकाशमाथि उड्दै (भिडियो)


काठमाडौं, ५ वैशाख । चलचित्र यात्राले फिल्म रिलिज भएको एक हप्तापछि चलचित्रको गीत सार्वजनिक गरेको छ ।

चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ ले फिल्म रिलिजको एक हप्तापछि लभ गीत सार्वजनिक गरेको हो । ‘फ्लाइङ्ग’ बोलको गीतमा डेब्यु गर्ल मलिका महतसँग सलिनमान बनिया रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । पोखराको रमणीय स्थलमा छायांकन गरिएको गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतको शब्द र संगीत प्रतिक पौडेलको रहेको छ । गीतलाई निर्माण पक्षले फिल्म रिलिजपछि सार्वजनिक गरेको हो । निर्देशक सम्राट शाक्यले भने, ‘हामीले प्लनिङ्ग अनुसार नै यसलाई रिलिजपछि सार्वजनिक गरेका हौं, फिल्मले प्राप्त गरेको प्रतिक्रियाले निकै उत्साहित छौ ।’

फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob