scheduleसोमवार मंसिर २ गते, २०७६

कर्णालीमा सुरु भयो कृषि क्षेत्र विकास कार्यक्रम

काठमाडाैं, ७ चैत ।  कर्णाली प्रदेशलाई लक्षित गर्दै कृषि क्षेत्र विकास कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार कृषि तथा पशुपन्छि विकास मन्त्री चक्रपाणी खनालले यो कार्यक्रमको औपचारिक उद्घाटन गरेका  हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खनालले कर्णाली प्रदेशको विकासको लागि राज्यले विभिन्न योजना बनाएको बताए ।

यो कार्यक्रमलाई सबै किसानहरु समक्ष पुर्‍याउने र कर्णाली प्रदेशको कृषि विकासमा टेवा पुग्ने मन्त्री खनालको भनाई छ । कर्णाली प्रदेशलाई लक्षित गरी सुरु भएको यो परियोजनाले कर्णाली प्रदेशको गरिबी तथा पोषण असुरक्षा न्युनिकरण गर्ने कार्यक्रमका संयोजक राजेन्द्र भारीले जानकारी दिए ।

नेपालको दिगो विकास लक्ष्य अन्तर्गत शून्य गरिबी र शून्य भोकमरी प्राप्तीमा योगदान पुर्‍याउनु पनि कार्यक्रमको मुख्य उदेश्य भएको उनको भनाई छ ।

कृषिको व्यवसायिकरण र बजारमुखी उत्पादनको व्यवस्थापन गर्न सहयोग गर्ने यो कार्यक्रमले कर्णाली प्रदेशको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने देखिएपनि स्थानीय तहसँग समन्वय गरी कार्यक्रमलाई प्रभावकारी बनाउनु चुनौतिपूर्ण भएको कृषि बजार विज्ञ संञ्जिब श्रेष्ठले  बताए ।

कार्यक्रमले नाफा मुलक र जलवायु अनुकुलित मूल्य र बाली वस्तुहरुलाई प्राथमिकता दिनेछ । स्याउ बेमौसमी तरकारी,तरकारी बीउ,अदुवा,अमिलो जातको फलफूल लगाएत कर्णाली प्रदेशमा पाईने बालीलाई व्यवसायीकरणको लागि सहयोग गर्ने बताइएको छ । कर्णाली प्रदेशका नागरिकले वर्षेनी खेप्दै आएको खाद्यान्न अभावको समस्या समाधानमा यो कार्यक्रमले सहयोग गर्ने विश्वास लिईएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage