scheduleबुधवार जेष्ठ १४ गते, २०७७

गण्डकी करिडोर र मध्यपहाडि लोकमार्ग गण्डकीको समृद्धिको आधार

फाइल फोटो

पर्वत,  ७ चैत । गण्डकी प्रदेशका ६ जिल्लाको मध्यभाग भएर मध्यपहाडी लोकमार्ग बिस्तार भएसँगै स्थानीयहरुलाई सहज भएको छ । कालिगण्डकि करिडोर बनेसँगै भारतको सुगौलीसम्म पुग्न सहज भएको स्थानीयले बताएका छन् । मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा ट्रयाक खोलेपछि दुर्गम बोवाङ, अधिकारीचौर, बुर्तिवाङका बासिन्दाको सदरमुकाम आउने समय छोटिएको छ ।

मध्यपहाडी लोकमार्गका कारणले गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत र बागलुङका बासिन्दालाई सहज बनाएको छ । सडक विस्तार भएसँगै उत्पादन, व्यापार व्यवसाय विस्तारमा महत्वपूर्ण टेवा पुग्ने उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले  बताए ।

कालिगण्डकी करिडोर र कालीगण्डकी लोकमार्गले दुबै भारत र चिन जोड्ने सडक भएकाले पनि यस्लाई महत्वपूर्ण रुपमा लिईएको छ । धार्मिक पर्यटन विकासमा मात्रै नभएर चिन र भारतको दुई देशिय व्यापारमा पनि कालीगण्डकी लोकमार्ग र करिडोर रणनीतिक महत्वका सडक भएको अर्थबिद् कृष्णप्रसाद लम्सालको भनाई छ ।

Dish_Home

सडक बनेपछि गाउँका कृषि तथा पशुजन्य उत्पादन उद्योग कलकारखाना चलाएर देश बिदेशमा निकासी गर्न सकिएमा सडकले विकाससँगै गण्डकी प्रदेशको समृद्धि सम्भव भएको सरोकारवालाहरुको भनाई छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय