scheduleशनिवार आश्विन ४ गते, २०७६

छाउपडि विरुद्धको अभियानमा किशोरीहरु

फाइल फोटो

बाजुरा, ७ चैत । बाजुराको मार्तडिका किशोरीहरु छाउपडि प्रथा हटाउने अभियानमा जुटेका छन् । महिनावारी भएको समयमा छुट्टै छाउगोठमा बस्ने कुप्रथाको अन्त्य गर्न किशोरीहरु अभियानमा जुटेका हुन् ।

महिनावारी कुनै पाप वा अपराध नभई नियमित प्रक्रिया भएकाले यो समयमा घरमा नै बस्नुपर्ने भन्दै किशोरीहरुले अभियान चलाईरहेका छन् । महिनावारीको समयमा सरसफाई र खानेकुरामा विशेष ध्यान दिनुपर्ने तर छाउगोठमा बस्न नहुने भन्दै किशोरीहरुले जनचेतनामुलक कार्यक्रम पनि गरिरहेका छन् ।

उनीहरुले महिनावारी भएको बेला पोषिलो खानेकुरा खान,सरसफाई गर्न र केही समस्या आए आफुहरुसंग सरसल्लाह गर्न पनि साथीहरुलाई आग्रह गर्दै आएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage