scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

मोदी सरकारको ज्यादती, मुस्लिम कैदीको शरीर फलामले खोपेर ‘ॐ’ लेखियो


नयाँ दिल्ली, ७ वैशाख । भारतको नयाँ दिल्लीस्थित तिहार जेलमा एक जेल अधिकारीमाथि मुस्लिम कैदीमाथि ज्यादती गरेका छन् । उनले कैदीको शरीरमा तातो फलामले ‘ॐ’ को प्रतिक खोपेको आरोप लागेको छ ।

मोदी सरकारले हिन्दू अतिवादलाई प्रश्रय दिएको आरोप लागिरहेको बेला यस्तो घटना सार्वजनिक भएको हो ।

नबिर नाम गरेका ती कैदीले दिल्ली अदालतमा मेट्रोपोलिटन म्याजिस्ट्रेट रिचा परिहारको समुन्ने आफ्नो टि–सर्ट खोल्दै यस्तो वास्तविकता सार्वजनिक गरेका हुन् । उनले शरीरमा खोपिएको ‘ॐ’ प्रतिक देखाउँदै उक्त आरोप लगाए ।

नबीरका अनुसार जेल अधिकारीले उनलाई नवरात्राको समयमा खान पनि नदिएको र हिन्दु धर्ममा परिवर्तन गर्न पनि धम्की दिएका थिए ।

यो घटना बुधबार कारकार्डुमा अदालत भएको हो । नबिरका वकिल जगमोहन सिंहले उनलाई जेलमा भेटेपछि अदालतमा याचिका दायर गरेका थिए ।

नबिरलाई संगठीन अपराध तथा हतियारको मामिलामा पक्राउ गरेर तिहार जेलमा राखिएको छ ।

म्याजिस्ट्रेट परिहारले तिहार जेलका अधिकारीहरुलाई यस विषयमा छानविन गरेर रिपोर्ट तयार गर्न निर्देशन दिएकी छिन् ।

यसका लागि सिसिटिभी फुटेज र अन्य कैदीको बयान पनि सामेल गर्न भनिएको छ ।

नबिरको सुरक्षाका लागि आरोपित जेल सुपरिटेन्डेन्ट राजेश चौहानको पर्यवेक्षणबाट उनलाई अलग राख्न पनि निर्देशन दिइएको छ ।

-एजेन्सीहरुको सहयोगमा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob