scheduleमगलवार फाल्गुन १३ गते, २०७६

प्रधानन्यायाधीशलाई नै यौन उत्पीडनको आरोप लागेपछि …


काठमाडौं, ७ वैशाख । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उनका पूर्व जुनियर असिस्टेन्टले यौन उत्पीडनको आरोप लगाएकी छन् ।

यौन उत्पीडनको आरोप लागेपछि शनिबार नै तीन न्यायाधीशको बेञ्च बसेको छ । गोगाईको अध्यक्षमा अरुण मिश्रा र संजीव खन्नासहित तीन न्यायाधीशको बेञ्चमा विकसित अवस्थाबारे छलफल भएको बताइएको छ । बेञ्चमा प्रधानन्यायाधीशको अवकासको मितिबारे छलफल भएको भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको आरोपबारे प्रतिक्रिया दिएका छन् । ‘न्यायपालिकाको स्वतन्त्रता गम्भीर खतरामा छ,’ उनले भने, ‘ममाथि लागेको आरोप लगाएर न्यायालयलाई अस्थिर बनाउन ठूलो षड्यन्त्र भएको छ ।’

उनले आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि ठूलो शक्ति रहेको जिकिर गरे । उनले भने, ‘न्यायाधीशले यस्तो स्थितिमा काम गर्नुपर्‍यो भने राम्रो मानिस यो अफिसमा आउने छैनन् ।’

आरोप लगाउने महिलाले सर्वोच्च अदालतका २२ न्यायाधीशलाई एक चिठ्ठी पठाएकी छन्, जसमा गोगोईमाथि यौन उत्पीडन गरेको, यसमा सहमत नभएका कारण जागिरबाट हटाएको आरोप लगाइएको छ । बीबीसी हिन्दीका अनुसार पत्रमा यौन शोषणपछि पनि आफू तथा आफ्नो परिवारलाई अनेक उत्पीडन गरेको आरोप लगाइएको उल्लेख गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय