scheduleआइतवार जेष्ठ १२ गते, २०७६

सुटिङका क्रममा अभिनेता विक्की कौशल घाइते

काठमाडौँ, ८ वैशाख । बलिउडका स्टार अभिनेता विक्की कौशल घाइते भएका छन् ।

सुटिङका क्रममा उनी घाइते भएका हुन् । पछिल्लो समय उनी हरर फिल्मको सुटिङमा व्यस्त रहेका छन् ।

द सर्जिकल स्ट्राइकपछि उनको कुनै पनि फिल्म रिलिज भएको छैन । उक्त फिल्मले पाएको सफलतासँगै उनीको चर्चा पनि चुलिएको थियो ।

अब उनी हरर फिल्ममा देखिदैछन् । गुजरातमा हरर फिल्मको सुटिङ भइरहेको छ ।

ढोका आफुमाथि खसेपछि उनी घाइते भएका हुन् ।

उनको गालाको हड्डी फ्याक्चर भएको छ भने उनलाई १३ वटा टाका लगाइएको छ ।

केही समयका लागि उनलाई आराम गर्न भनिएको र पुर्णरुपमा ठीक भएपछि मात्रै काम गर्न डाक्टरले सुझाव दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob