scheduleसोमवार आश्विन ६ गते, २०७६

बालिका बलात्कारको आरोपमा वडा सचिव पक्राउ


धनगढी, ८ वैशाख । बालिकामाथि जबर्जस्ती करणीको आरोपमा वडा सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ का सचिव यज्ञ आचार्य रहेका छन् ।

वडा नम्बर ४ स्थित बालिकाको घरमा पुगेर सचिव आचार्यले उनकी आमासँग झगडा गरेको र १२ वर्षिया सीता चौधरी (नाम परिवर्तन)लाई जबरजस्ती गर्न खोजेको आरोपमा स्थानीयले उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीका अनुसार पीडित बालिकाको काकाको निवेदनको आधारमा वडा सचिव आचार्यलाई जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाइनेछ ।

आचार्यले आफूमाथि गाली गलौज गर्नुका साथै हातपात गर्न खोजेको बालिकाले बयान दिएको प्रहरीले जनाएको छ ।

वडा सचिव आचार्यले भने आफू गलत नियतले त्यहाँ नगएको र गल्ती भएमा सजायँ भोग्ने प्रतिक्रिया दिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage