scheduleशुक्रवार भाद्र ६ गते, २०७६

लिभरपुलको सहज जित, उपाधि दौड थप रोमाञ्चक बन्दै

काठमाडौँ, ९ वैशाख । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले कार्डिफ सिटीलाई २-० गोलले पराजित गर्दै शिर्षस्थानमा उक्लिएको छ ।

रेलिगेशनबाट बच्न संघर्षरत कार्डिफले लिभरपुललाई पहिलो हाफमा कडा टक्कर दिएको थियो ।

तर, दोस्रो हाफमा लिभरपुललाई रोक्न सकेन । खेलको ५६ औँ मिनेटमा जर्जियो वाइजआल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

यस सिजन उच्च फर्ममा रहेका मोहमम्द सलाहलाई लडाएपछि खेलको ८१ औँ मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो ।

खेलको ८२ औँ मिनेटमा जेम्स मिल्नरले गोल गरे । यो जितसँगै लिभरपुलको ३५ खेलमा ८८ अंक भएको छ ।

कार्डिफको ३१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८६ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage