scheduleबिहिवार भाद्र ५ गते, २०७६

प्रिमियर लिगमा आर्सनललाई नमिठो झट्का

काठमाडौँ, ९ वैशाख । गएराति भएको प्रिमियर लिगमा आर्सनललाई नमिठो झट्का लागेको छ । यस सिजन शिर्ष चार स्थानका लागि आर्सनललाई खेल जित्नै पर्ने दबाब रहेको थियो ।

आर्सनल क्रिस्टल प्यालेसँग ३-२ गोलले पराजित भएपछि शिर्ष चारका लागि चार क्लबको प्रतिस्पर्धा रोमाञ्चक बनेको हो ।

खेलको १७ औँ मिनेटमा क्रिस्टियन बेनटेकेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, आर्सनलका लागि मेसुट ओजिलले बराबरी गोल फर्काए ।

खेलमा पुनः क्रिस्टल प्यालेसले विल्फ्रिड जाहाको गोलमार्फत अग्रता लिन सफल भयो । खेलको ६९ औँ मिनेटमा क्रिस्टल प्यालेसका लागि जेम्स म्याकअर्थरले गोल गरे ।

खेलको ७७ औ मिनेटमा आर्सनलका लागि पेरी इमरिक एउमयाङले गोल फर्काए । तर, त्यसपछि खेलमा आर्सनलले गोल फर्काउन सकेन । यो जितसँगै प्यालेसको ३५ खेलमा ४२ अंक भएको छ । आर्सनलको ६६ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage