scheduleशनिवार जेष्ठ ११ गते, २०७६

रियल मड्रिडको जितमा बेन्जेमाको ह्याट्रिक

काठमाडौँ, ९ वैशाख । आइतबार राति भएको ला लिगामा रियल मड्रिडले एट्लेटिको बिल्बाओलाई ३-० गोलले पराजित गरेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा रियललाई सहज जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक गरेका थिए ।

रियलका लागि खेलको ४७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा बेन्जिमाले दोस्रो गोल गरे भने खेलको ९० औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक गरे ।
ला लिगामा यस सिजन उनले १९ औं गोल गर्न सफल भएका छन् ।

रियलले ३३ खेलबाट ६४ अंक भएको छ । बिल्बाओ ४६ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob