scheduleशनिवार जेष्ठ ११ गते, २०७६

इण्डियन प्रिमियर लिगमा चेन्नईको नमिठो हार

काठमाडौँ, ९ वैशाख । इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्न सफल भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नईले १६० रन मात्र जोडेको थियो ।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रन, अम्बाती रायडुले २९, रविन्द्र जडेजाले ११ रन जोडेका थिए । बैंगलोरका डेल स्टेन र उमेश यादबले दुईदुई विकेट लिए ।

बैंगलोरले २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रन, मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाउन सफल भएका थिए ।

चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले दुईदुई विकेट लिए ।

पुछारमा रहेको बैंगलोरले १० खेलबाट ६ अंक जोड्न सफल भएको छ ।

चेन्नईले १० खेलबाट १४ अंकका साथ शिर्षस्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob