scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

श्रीलङ्का बम बिस्फोटकाण्डः मर्नेको संख्या २९० पुग्यो, सुरक्षा निकायमाथि नै छानबिनको माग

कोलम्बो, ९ वैशाख । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या २९० जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु करिब ५०० व्यक्ति घाइते भएका छन् ।

उक्त घटना पछि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्।

उक्त घटनामा सलंग्न रहेको शंकामा हालसम्म २५ जनालाई पक्राउ गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob