scheduleशनिवार जेष्ठ ११ गते, २०७६

बाल विवाहका कारण बढ्यो बहुविवाह

सिरहा, ९ वैशाख । सिरहामा बालविवाहका कारण बहुविवाहको समस्या बढ्दा महिलाहरुलाई समस्या भएको छ । सानै उमेरमा विवाह गर्ने र पछि श्रीमान् अर्को श्रीमति ल्याउँदा महिलाहरुलाई समस्या भएको हो ।

सानैमा आफु खुसी वा परिवारको दबाबमा विहे गरेकाहरु केही बर्षपछि छुट्टिने समस्या बढ्दै गएको छ । बहुविवाह बढ्दै जानुको कारण मध्ये सानैमा विहे हुनु र एक अर्कालाइ नबुझ्नु पनि रहेको पुनर्स्थापना केन्द्र लहानका देवकुमारी महराको भनाई छ ।

बहुविवाहलाई रोक्न सानै उमेरमा हुने विवाहलाई रोक्नु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । सरकारी , गैरसरकारी संस्थाहरुले पनि बालविवाह विरुद्धको अभियान चलाईरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob