scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

युक्रेन राष्ट्रपति निर्वाचन : हास्य कलाकार जेलेन्स्की जीत नजिक

एजेन्सी, ९ वैशाख ।  युक्रेनमा भएको दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति निर्वाचनमा ४१ वर्षका हास्य कलाकार भोलोदिमर जेलेन्स्की विजयी नजिक पुगेका छन् । निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिएको मत सर्वेक्षणका अनुसार भोलोदिमरलाई ७० प्रतिशतभन्दा बढी मत प्राप्त भएको छ ।

मत सर्वेक्षणले उनका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोले २५ प्रतिशत मत प्राप्त गर्ने देखिएको छ । तीन हप्ताअघि भएको पहिलो चरणको मतदानमा पनि जेलेन्स्की सबैभन्दा अगाडि थिए ।

निर्वाचनमा ३९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । दोस्रो चरणमा जेलेन्स्की र वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोबीच प्रतिस्पर्धा भएको थियो । यसैबीच राष्ट्रपति पारोसेन्कोले निर्वाचनमा आफ्नो हार स्वीकार गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob