scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

श्रृंखलावद्ध विस्फोटपछि श्रीलङ्कामा सङ्कटकाल


कोलम्बो, ९ वैशाख । श्रीलङ्कामा पछिल्लो समय विकसित घटनाक्रमका कारण संकटकाल घोषणा गरिएको छ । शृङ्खलाबद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले सङ्कटकालको घोषणा गरेका हुन् ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागू हुनेछ । श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी झण्डै २९० जनाको मृत्यु भएको थियो । विकसित अप्ठेरो परिस्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको बताइएको छ । वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कटकाल घोषणा गरिएको उल्लेख गरिएको छ ।

राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गरेका छन् । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब छ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए । एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob