scheduleआइतवार जेष्ठ ५ गते, २०७६

राजस्थानविरुद्धको खेलमा सन्दीप मैदान बाहिर


काठमाडौं, ९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई मैदानबाहिरै राखेको छ । राजस्थान रोयल्सविरुद्ध मैदानमा उत्रिएको दिल्लीले लामिछानेलाई बेन्चमै राखेको हो ।

राजस्थानको घरेलु मैदान जयपुरमा दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप छैनन् । अरु सदस्यहरु यथावत रहेपनि लामिछानेको स्थानमा क्रिस मोरिसलाई मैदानमा उतारिएको छ ।

गत शनिबार सन्दीपले पन्जाबविरुद्ध ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिएका थिए । आईपीएलको यो सिजनमा केवल ५ खेल खेलेका लामिछानेले ८ विकेट लिइसकेका छन् ।

अंक तालिकामा राजस्थान रोयल्स सातौं स्थानमा छ भने दिल्ली तेस्रो स्थानमा रहेको छ । यो सिजनमा यी दुई टोलीको पहिलो खेल हो ।

दिल्लीलाई प्लेअफमा पुग्नका लागि आफ्नो बाँकी ४ खेलमा कम्तीमा २ खेल जित्नुपर्ने स्थिति छ भने राजस्थानको लागि भने ‘गर वा मर’को अवस्था रहेको छ । उसलाई प्लेअफमा पुग्न बाँकी सबै ५ खेल जित्नुपर्ने अवस्था छ । एक खेल मात्र हारे पनि उसको दावेदारी खतरामा पर्न सक्छ ।

राजस्थानको घरेलु मैदानमा भने दिल्लीविरुद्ध राजस्थानको रेकर्ड राम्रो छ । उनीहरुले त्यहाँ अहिलेसम्म ५ खेल खेलेका छन्, जसमा ४ खेल राजस्थानले जितेको छ । यो मैदानमा दिल्लीलाई एक मात्र सफलता २०१२ मा मिलेको थियो । राजस्थानलाई ६ विकेटले हराउँदा दिल्लीको कप्तान राहुल द्रविड थिए ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर(कप्तान) ऋषभ पन्त,कोलिन इनग्राम, शेरफेन रदरफोर्ड,अक्षर पर्टेल,कागिसो रबाडा,क्रिस मोरिस, ईशान्त शर्मा, अमित मिश्रा ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob