scheduleआइतवार भाद्र १ गते, २०७६

सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द

फाइल फोटो

इनरुवा, ९ वैशाख । सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द भएको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी ४८ घण्टाका लागि सीमा नाका बन्द गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

वैशाख १० गते मङ्गलबार हुने भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका सुनसरीका सीमा नाका बन्द गरिएको उनले जानकारी दिए ।

नेपाल र भारतमा हुने निर्वाचनका वेलामा दुवै देशका सीमावर्ती क्षेत्रका प्रशासनिक निकायले आपसी छलफल र सहमतिका आधारमा सिमा नाका बन्द गर्ने गरिन्छ ।

सुरक्षालाई मध्यनजर गर्दै आइतबार राति १२ बजेदेखि वैशाख १० गते साँझ ६ बजेसम्मका लागि सीमा बन्द गरिएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

जिल्लाका कोशी ब्यारेजदेखि केसल्या नदीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको प्रहरी उनले बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage