scheduleशनिवार जेष्ठ ११ गते, २०७६

चेल्सी बराबरीमा रोकियो

काठमाडौँ, १० वैशाख । गएराति भएको प्रिमियर लिगमा चेल्सीलाई बन्र्लीले दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ ।

प्रिमियर लिगको अन्तिमतिरका सबै खेल जित्नु पर्ने दबाबमा रहेको चेल्सीलाई यो बराबरीले ठुलै धक्का हान्ने अनुमान गरिएको छ । शिर्ष चारमा स्थान बनाउन चेल्सीलाई जितको आवश्यकता रहेको थियो ।

बन्र्लीका लागि जेफ हेनरिकले गोल गर्दै अग्रता दिलाए ।

तर, खेलको १२ औँ मिनेटमा एन गोलो कान्टेले बराबरी गोल फर्काए । खेलको १४ औँ मिनेटमा गोन्जालो हिगुइनले गोल गरे । खेलमा एक गोलको अग्रता बनाएको चेल्सीविरुद्ध बन्र्लीले उत्कृष्ट खेल देखायो ।

खेलको २४ औँ मिनेटमा एस्ले बार्नेसले बराबरी गोल फर्काए । यो बराबरीसँगै चेल्सीको ३५ खेलमा ६७ अंक भएको छ । चेल्सी लिगको चौथो स्थानमा रहेको छ । बन्र्लीको ४० अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob