scheduleआइतवार भाद्र १ गते, २०७६

नेपोली पराजित

काठमाडौँ, १० वैशाख । गएराति भएको सेरिया ए मा नेपोली पराजित भएको छ । नेपोलीलाई एटलान्टासँग २-१ गोलले पराजित भएको हो ।

खेलमा नेपोलीले अग्रता बनाएको थियो ।

खेलको २८ औँ मिनेटमा मर्टेन्सले गोल गर्दै अग्रता दिलाएका थिए । तर, एटलान्टाले खेलमा सानदार कमव्याक गरेको थियो । खेलको ६९ औँ मिनेटमा डबान जापाटाले बराबरी गोल फर्काए ।

खेलको ८० औँ मिनेटमा मारियो पुलिसिकले गोल गर्दा एटलान्टाले खेल जित्न सफल भयो ।

यो जितसँगै एटलान्टाले ५६ अंक जोडेको छ । त्यस्तै नेपोलीको ६७ अंक रहेको छ । सेरियाको उपाधि युभेन्ट्सले जितिसकेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage