scheduleआइतवार जेष्ठ १२ गते, २०७६

दिल्ली शिर्षस्थानमा उक्लियो

काठमाडौँ, १० वैशाख । इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

राजस्थानले दिएको १९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्न सफल भएको थियो ।

दिल्लीको जितमा ऋषबले ७८ रन, धवनले ५४ रन, पृथ्वी शले ४२ रन जोडे । राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए ।

राजस्थानका लागि अजिंका रहानेले १०५ रन, स्टिभ स्मिथले ५० रन, स्टुवार्ड बिनीले १९ रन बनाए ।

दिल्लीका कागीसो राबडाले २ विकेट लिए । यस्तै इशान शर्मा,क्रिस मोरिस र अक्षर पटेलले एकएक विकेट लिए ।

११ खेलबाट दिल्लीले १४ अंक जोड्दै शिर्षस्थानमा उक्लिएको छ ।

चेन्नईको पनि १४ अंक छ ।

राजस्थानले १० खेलमा ६ अंक जोडेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob