scheduleबिहिवार भाद्र ५ गते, २०७६

ग्यारेथ बेलको भुमिकादेखि खुसी छैन रियल मड्रिड

काठमाडौँ, १० वैशाख । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेललाई लिएर क्लब गम्भीर रहेको बताइएको छ ।

क्लबमा उनको भुमिकामाथि प्रश्न उठ्न थालेपछि उनलाई बेच्ने वा ऋणमा पठाउने तयारी भइरहेको बताइएको छ ।

यस सिजन रियलमा उनको भुमिकामा कुनै पनि महत्वपुर्ण नतिजा नदेखिएका कारण उनलाई बेच्न खोजिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रशिक्षक जिदान आएपछि नयाँ खेलाडी अनुबन्ध गर्ने र पुराना खेलाडीहरुमध्ये केही खेलाडीलाई बेच्ने निर्णय क्लबले गरेको बताइएको छ ।

उनलाई रोनाल्डोको विकल्पमा हेरिएको थियो । तर, उनले त्यो लेभलको खेल प्रदर्शन गर्न सकेनन् ।

टोटनहमबाट रियल आएका उनले खासै प्रभाव जमाउन सकेनन् । केही महत्वपुर्ण खेलमा उनको भुमिका उत्कृष्ट रहेता पनि उनको भुमिकामा बारम्बार प्रश्न उठाइदै आएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage