scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

भारतमा आज तेस्रो चरणको मतदान हुँदै, मतदानअघि मोदीले आमालाई भेटे


काठमाडौं, १० वैशाख । लोकसभा चुनाव अन्तर्गत आज भारतमा तेस्रो चरणको मतदान भइरहेको छ । १४ राज्य र केन्द्रशासित प्रदेश अन्तर्गत आज १ सय १६ सिटका लागि बिहानैदेखि मतदान जारी छ ।

तेस्रो चरणको चुनावमा आज भारतको मुख्य राज्य गुजरात र केरलमा मतदान भइरहेको छ । ७ चरणमा भएको लोकसभा चुनावका लागि आज भारतको दुई मुख्य दल भारतीय जनता पार्टी र कांग्रेस अध्यक्षका साथै केन्द्रीय मन्त्रीहरुको लागि पनि मतदान भइरहेको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह गुजरातबाट चुनावी मैदानमा छन् भने कांग्रेस अध्यक्ष राहुल गान्धी केरला राज्यको वायनाडबाट चुनावी मैदानमा छन् । देश कै मुख्य दुई ठूलो दलका अध्यक्ष चुनावी मैदानमा भएका कारण पनि आजको मतदान निकै महत्वपूर्ण मानिएको छ ।

चुनावका लागि बिहानैदेखि मतदाताहरु मतदान केन्द्रमा पुगेका छन् । चुनावमा कुनैपनि अप्रिय घटना नहोस् भन्दै सुरक्षा व्यवस्था पनि निकै कडा बनाइएको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको रानिप मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गर्नुअघि उनले गान्धीनगरमा आफ्नी आमा हीराबेनसँग आशिर्वाद लिए । उनले आमाको गोडा छोएर आशिर्वाद लिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे काछन् ।

मोदीकी आमाले उनलाई आशीर्वादस्वरूप एउटा नरिवल, मिश्री र ५०० भारु दिइको भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

‘कुम्भको मेलामा स्नान गर्दा पवित्रता अनुभव भएजस्तै लोकतन्त्रको महापर्वमा भोट दिँदा पवित्रताको अनुभव गरिरहेको छु,’ मतदान गरेपछि प्रधानमन्त्री मोदीले भनेका छन् । उनले नागरिकलाई भोट गर्न अपील समेत गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob