scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

आगलागीबाट एक कराेड बराबर क्षति

राँझा, १० वैशाख । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेकाे छ । धुव्र दाहालले चलाउँदै आएकाे पसलमा गए राति आगलागी भएको हो ।

आगलागीका कारण धेरै सामान जलेर नष्ट भएकाे बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएकाे हुन सक्ने जानकारी दिए । घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरकाे क्षति पुगेको अनुमान गरेका छन् ।

पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हाे । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएकाे स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob