scheduleआइतवार जेष्ठ ५ गते, २०७६

श्रीलंकामा राष्ट्रिय शोकको घोषणा, मृतकको संख्या ३१० पुग्यो

मृतकको सामुहिक अन्त्येष्टि गरियो

काठमाडौं, १० वैशाख । श्रीलंकामा आज राष्ट्रिय शोक मनाइँदैछ ।  चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेहरुको संख्या ३१० पुगेको छ । प्रहरीका अनुसार सो घटनामा  ५ सय जना घाइते भएका छन् । सोमबार रातीबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको छ।

मृतकहरुको सामुहिक अन्तिम संस्कार गरिनुका साथै अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरिएको छ ।

यो आक्रमण कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतमा गराइएको सरकारी अधिकारीहरुको बुझाइ रहेको छ । हालसम्म  कुनै पनि समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob