scheduleशनिवार जेष्ठ ११ गते, २०७६

वैद्यसहित चार कम्युनिष्ट पार्टीबीच कार्यगत एकता


काठमाडौं, १० वैशाख । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)सहित चार कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता हुने सहमति भएको छ ।

कार्यगत एकता गर्ने अन्य पार्टीहरुमा सुलभ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रहेका छन् ।

चार समूहको कार्यगत एकताको सहमतिपत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले पनि हस्ताक्षर गरेका छन् ।

मंगलबार कार्यगत एकताबारे जानकारी दिन निकालेको संयुक्त प्रेस विज्ञप्तिमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि लगाइएको प्रतिबन्ध खारेजी गर्न माग गरिएको छ । विज्ञप्तिमा गृह मन्त्रालयले जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई बंशजको नागरिकता दिन गरेको निर्णयको पनि विरोध गरिएको छ ।

विज्ञप्तिमा अन्य प्रतिपक्षी दलहरुले पनि उठाउँदै आएका सुन तस्करीमा संलग्न र निर्मला पन्तको हत्या तथा बलात्कारमा संलग्नलाई कारबाही गरिनुपर्ने लगायतका माग पनि समावेश गरिएको छ ।

कार्यदलले आगामी बैशाख २७ गते शान्तिबाटीकामा संयुक्त विरोधसभा समेत गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob