scheduleआइतवार जेष्ठ १२ गते, २०७६

७ केजी सुनसहित पक्राउ परे घले

काठमाडौँ, १० वैशाख । प्रहरीले ७ केजी सुन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका १ का ३० वर्षीय शेर ग्याल्बो घले रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार  विशेष सुराकीको आधारमा रसुवाको टिमुरेबाट घलेलाई ७ केजी सुन सहित पक्राउ गरिएको हो । चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको हो ।

रसुवाका डिएसपी सन्तोष तामाङले थप अनुसन्धान कार्य जारी रहेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob