scheduleआइतवार भाद्र १ गते, २०७६

करार शिक्षक नियुक्ति प्रकरण: सरकार र स्थानीय तहबीच टकराव

काठमाडौँ, ११ वैशाख ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा समन्वय इकाइलाई करारमा शिक्षक नियुक्ति गर्ने व्यवस्था गर्न परिपत्र गरेपछि आक्रोशित स्थानीय निकायले मन्त्रालयको निर्णय नमान्ने भएका छन् । स्थानीय तहले संघीय सरकारले आफ्नो अधिकार खोसेको आरोप लगाउँदै करारमा शिक्षक नियुक्ति गर्न आफूलाई दिनुपर्ने माग गरेका छन् ।

तर शिक्षा नियमावलीले करारमा शिक्षक नियुक्ति गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिलाई मात्र भएको उल्लेख गर्दै केन्द्रले करारमा शिक्षक नियुक्ति गर्ने व्यवस्था गर्न इकाइलाई निर्देशन दिएको हो ।
केन्द्रको परिपत्र संविधानको व्यवस्थाविपरीत रहेको भन्दै स्थानीय निकायले आपत्ति जनाएका हुन् । केन्द्रले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ९७ मा शिक्षक नियुक्तिको जिम्मा विद्यालय व्यवस्थापन समितिलाई भएको जनाउँदै सोहीअनुसार व्यवस्था गर्न इकाइमार्फत विद्यालय व्यवस्थापन समितिलाई अधिकार दिएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage