scheduleआइतवार जेष्ठ ५ गते, २०७६

चेन्नई शिर्षस्थानमा उक्लियो

काठमाडौँ, ११ वैशाख । इण्डियन प्रिमियर लिगमा चेन्नईले सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले चेन्नईलाई १७६ रनको लक्ष्य दिएको थियो । चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

चेन्नईको जितमा शेन वाट्सनले ९६ रन, सुरेश रैनाले ३८ रन, अम्बाती रायडुले २१ रन जोडे ।

हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले एकएक विकेट लिन सफल भए ।

हैदरावादका लागि मनिस पाण्डे ८३ रन, वार्नरले ५७ रन, विजय शंकरले २६ रन जोडे ।

चेन्नईका हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए ।

चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ ।

हैदरावादको १० खेलबाट १० अंक छ । हैदरावाद चौंथो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob