scheduleशनिवार जेष्ठ ११ गते, २०७६

ह्याण्डबलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक

नेपालगञ्ज, ११ वैशाख । नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न भएको पुरुष तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ ।

नेपालगञ्ज रंगशाला परिसरमा आज (मंगलबार) भएको फाईनल खेलमा गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई ३७—३३ गोलको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशले समुह तर्फ पहिलो स्वर्ण पदक प्राप्त गरेको हो ।

गण्डकीको जितमा सन्तोस श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । त्यसै गरी कप्तान विशाल बस्नेतले ८, शरन थापाले ५, दिनेश श्रेष्ठले ४, चन्द्र केसीले ह्याट्रिक र विमल थापाले एक गोलको योगदान दिए । एपिएफका लोकेन्द्र चन्द र संजीप कार्कीले समान १० गोल गरेका हुन्। खेलको सुरुवातमै गोल खादै ६–२, ९–३ को नजितालाई पुनरावलोकन गर्दै गण्डकीले पहिलो हापमा १२–१२ गोलमा बराबरीमा पुराउन सफल भएको थियो । दोश्रो हापमा सुधार गर्दै गण्डकीले जित हासिल गरेको हो ।

त्यसै गरी महिला तर्फको ह्याण्डबलमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ । फाईनल खेलमा आर्मीले एपिएफलाई १७–१४ को गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । आर्मीको जितमा कविता राइले सर्वाधिक ८ गोल गरिन् । एपिएफकी साधना बमले ४ गोल गरेकी हुन् ।

महिला तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरेको छ । मंगलबार विहान तेश्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई ७–५ को गोल अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो । गण्डकीको जितमा योगिता गुरुङले सर्वाधिक ४ गोलको योगदान दिइन् । कोमली खड्का, स्वेता गुरुङ र निश्मा बस्नेतले एक/एक गोल गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob