scheduleशुक्रवार भाद्र ६ गते, २०७६

म्यानचेस्टर सिटीलाई पराजित गर्ने दाउमा म्यानचेस्टर युनाइटेड

काठमाडौँ, ११ वैशाख । आज राति प्रिमियर लिगमा डर्बी प्रतिस्पर्धा हुँदैछ । म्यानचेस्टर सिटी उपाधि दौडमा रहेको छ भने म्यानचेस्टर युनाइटेड शिर्ष चारमा स्थान बनाउन आवश्यक रहेको छ ।

अर्को सिजन स्टार खेलाडीहरु क्लबमा टिकाइ राख्न पनि म्यानुलाई जित्नै पर्ने दबाब रहेको छ भने यस सिजन म्यान सिटीले घरेलु लिग उपाधि जित्न पनि जित्नै पर्ने दबाब रहेको छ ।

यस सिजन उच्च फर्ममा रहेको म्यान सिटीले पछिल्ला ७ खेलमा लगातार जित हात पारेको छ । तर, म्यानुको यात्रा भने खासै गतिलो छैन ।

आइतबार भएको खेलमा इभर्टनसँग लज्जास्पद हार भोगेको म्यानुले कमव्याक गर्न पनि सिटीलाई रोक्नु पर्ने बाध्यता रहेको छ । म्यान सिटीले बराबरी खेले वा पराजित भएमा लिभरपुलले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बलियो भएर जानेछ ।

त्यसै कारण पनि म्यान सिटी ठुलो दबाबमा रहेको छ । शिर्षस्थानमा रहेको लिभरपुलको ८८ अंक रहेको छ भने म्यान सिटीको ८६ अंक रहेको छ । त्यस्तै म्यानुको ६४ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage