scheduleबिहिवार आश्विन २ गते, २०७६

छोरासहित पक्राउ परिन् प्रतिबन्धित नेकपाकी नेतृ


रुपन्देही, ११ वैशाख । प्रतिबन्धित नेकपाकी नेतृ कल्पना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले मंगलबार राति उनकै देवदहस्थित निवासबाट पक्रेको हो ।

नेकपा रुपन्देहीद्वारा गठित जनसरकार प्रमुख शिशिरकी पत्नी समेत रहेको सुवेदीलाई छोरासहित पक्राउ गरिएको स्थानीयले दावी गरेका छन् । यद्यपि, रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले सुवेदीलाई एक्लै नियन्त्रणमा लिएको बताएका छन् ।

पक्राउपछि जिप्रका भैरहवामा राखिएकी सुवेदीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage