scheduleशनिवार जेष्ठ ११ गते, २०७६

नेकपा अवसरवादी र जडसूत्रवादी कम्युनिष्ट होइनः प्रचण्ड


काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको बताएका छन् । उनले पार्टीलाई थप स्थापित गर्न शुद्धीकरण अभियान सुरु गरिने बताए ।

बुधबार ललितपुरको श्री सिद्धिमंगल माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सक तथा अभिभावक दिवसमा बोल्दै उनले पार्टी शुद्धीकरणको अभियानसँगै विकासलाई तीव्रताका साथ अगाडि बढाउने बेला आएको बताए । जनचाहना बमोजिम नै पार्टी विकास र एकतामा अगाडि बढ्ने उनको भनाई थियो ।

‘नेपाली जनतानले कम्युनिस्ट पार्टीको नेतृत्वमा जे देखेका छन् कम्युनिस्ट पार्टी जडसूत्रवादी होइन र अवसरवादी होइन भनेर स्थापित गर्नुछ’, प्रचण्डले भने, ‘एकतालाई नयाँ स्थितिमा अगाडि बढाएर जनतामा के होला के होला भन्ने स्थितिको अन्त्य गरेका छौँ । अब अभियान लिएर जिल्ला जिल्लामा जाँदैछौँ ।’

पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुदृढ बनाउने गरी पार्टीले योजना बनाएको बताए । ‘हामीभित्र शुद्धीकरण र सुदृढीकरणको अभियानको नेतृत्व गर्ने तयारीमा हामी छौँ,’ उनले भने ।

प्रचण्डले पार्टीले जिल्ला कमिटीमा एकता गरेर जनतामा हौसला बढेको जिकिर गरे । उनले पार्टीको नेतृत्मा रहेको सरकारले विविध कारणले सोचेअनुसार विकास निर्माणका काम गर्न नसकेको स्वीकारे ।
‘विकास निर्माणका कामले जति गति लिनुपर्ने हो त्यति लिन सकेको छैन,’ उनले भने, ‘आउने चार वर्षमा हामीले नेपाली जनताका अगाडि जे संकल्प र प्रतिबद्धता गरेका छौँ र जतनताले जुन भरोसा गरेर मत दिएका छन् त्यसलाई गति दिने जिम्मेवारी हाम्रो काँधमा छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob