scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं, ११ वैशाख । ठगी मुद्दामा एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाग्मती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य कीर्तिपुर नगरपालिका-१३ बस्ने ३८ वर्षीय कृष्ण कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनी ललितपुर जिल्ला अदालतबाट २०७३ फागुन ११ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद तथा ६ लाख २८ हजार ६ सय ९ रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका थिए । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट फेला पारी पक्राउ गरेको हो ।

कृष्णलाई ललितपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob