scheduleआइतवार जेष्ठ ५ गते, २०७६

एकै दिन तेस्रो धक्का, केन्द्रविन्दू धादिङ


काठमाडौं, ११ वैशाख । धादिङले बुधबार तीन भूकम्पको केन्द्रविन्दू बन्नुपर्‍यो । धादिङका विभिन्न स्थान केन्द्र बनाएर बुधबार मात्रै तीन भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान दुईपटक धक्का महसुस गरिएको थियो भने दिउँसो एकपटक काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

पहिलो धक्का बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रविन्दू भएर गएको थियो । उक्त धक्का ५.२ म्याग्निच्यूडको मापन गरिएको थियो । त्यसलगतै सोही केन्द्रबिन्दु भएर ६ बजेर ४० मिनेट जाँदा ४.३ म्यानिच्यूडको भूकम्प गयो ।

त्यसैगरी दिउँसो ३ बजेर ५ मिनेट जाँदा अर्को धक्का पनि महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसा उक्त धक्का ३.९ म्यान्निच्यूडको रहेको छ ।

२०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्यूड भूकम्प गएको ४ वर्ष पुग्न एकदिन मात्र बाँकी छ । सामाजिक सञ्जालमा पूरानो दिन सम्झाएको भन्दै चर्चा चलिरहेको छ । यद्यपि, भूकम्पविदहरुले भने यसलाई पुरानै भूकम्पको पराकम्प मात्र भएको र आजै भूकम्प जानु संयोग मात्र रहेको जनाएका छन् ।

यसैबीच, बुधबार नेपालमा मात्र नभएर दक्षिण एसियाका विभिन्न क्षेत्रमा शक्तिशाली भूकम्प गएका छन् । नेपालसहित छिमेकी भारत र चिनियाँ भू–भागमा एकै बिहान भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पले शुरुमा भारतको अरुणाञ्चल प्रदेशमा धक्का दियो भने त्यसपछि चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob