scheduleआइतवार जेष्ठ ५ गते, २०७६

लोकतन्त्र दिवसको दिन कमल थापाको यस्तो कुरा

फाइल फोटो

काठमाडौं, ११ वैशाख । मुलुकमा लोकतन्त्रको लडाईं चलिरहेका बेला राजाको पक्षमा दमनको नेतृत्व गरिरहेका थिए कमल थापा । पञ्चायतदेखि निरंकुशतन्त्रदेखि लोकतन्त्रसम्म एकछत्र सत्तामा पुगेका थापाले लोकतन्त्र दिवसको दिन पार्टीहरुले राजालाई धोका दिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् लोकतन्त्र दिवसको शुभकामना त दिएका छन् । साथमा, दलहरुले राजालाई धोका दिएको आरोप पनि लगाएका छन् ।

‘बैशाख ११ लाई लोकतन्त्र दिवसका रुपमा मनाईन्छ, सबैमा शुभकामना,’ सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘तर, योपनि नबिर्सौं, आजकै दिन राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भै राजाबाट दलहरुलाई सत्ता हस्तान्तरण भएको हो ।’

उनले मुलुकमा राजासहितको लोकतन्त्र हुनुपर्ने वकालत गरेका छन् । ‘राजाबाट सम्झौताबमोजिम काम भयो । तर, दलहरुले राजालाई धोखादिई राजसंस्था पाखा लगाईयो,’ उनी भन्छन्,’त्यसैले लोकतन्त्र अझै अधुरो छ । राजा सहितको लोकतन्त्र नेपालको हितमा छ । आजको दिन यसबारे गम्भीर भएर सोचौं ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob