scheduleआइतवार जेष्ठ ५ गते, २०७६

म भाग्यमा होइन, कर्ममा विश्वास गर्छुः एबी डिभिलियर्स


काठमाडौं, ११ वैशाख । हामी दुर्भाग्यशाली रह्यौं । एउटा यस्तो प्रतिष्पर्धापूर्ण प्रतियोगितामा धेरैजसो प्रतियोगिता अत्यधिक रोमाञ्चक मोडमा पुगेर सकिँदै आएको छ । यस्तो हुनु स्वभाविक पनि हो । जब चिजहरु गलत दिशामा गइरहेको हुन्छ तब हार्ने समूह र निराश समर्थकका लागि भन्ने सबैभन्दा सजिलो कुरा यही हो । जहाँसम्म मेरो कुरा छ, म त भाग्यमा विश्वास गर्दिनँ । न क्रिकेट मैदानमा न त जीवनको कुनै पनि पलमा ।

कयौ मानिस भन्छन्, तिमी तिम्रो भाग्य आफैं बनाउँछौं । अवश्य पनि जित र हारको अन्तर धेरै हुँदैन । आईपीएलको कुनै पनि खेलको नतिजा निर्धारण बल बाउन्ड्रीको नजिकै कुनै फिल्डर भन्दा नजिक खस्छ कि टाढा खस्छ भन्ने कुराले निर्धारण गर्दछ । अथवा डाइरेक्ट हिटको बेला बलर क्रिजको बाहिर रहन्छ कि भित्र भन्ने कुरासँग पनि निर्धारण हुन्छ ।

यहाँसम्म कि आन्द्रे रसेल र महेन्द्र सिंह धोनीजस्ता मास्टर ब्लास्टर ब्याट्सम्यान, जसका लागि २० रन प्रतिओभरको दरमा रन बनाउनु पनि एकदमै सामान्य लाग्छ, उनीहरुका लागि पनि कयौंपटक छक्का र आउटको अन्तरको साँघुरो दूरीले खेललाई नै गलत दिशातिर धकेलिदिन्छ ।

उनीहरु अरुका तुलनामा अत्यधिक भाग्यशाली त हुँदैनन् तर उनीहरु अत्यधिक प्रतिभाशाली अवश्य छन् । सायद भाग्यको बारेमा जुन सबैभन्दा बढी शब्द भनिन्छ, त्यो मेरो देश दक्षिण अफ्रिकी गोल्फर गैरी प्लेयरको छ । खेल जित्न तिमी भाग्यमानी छौ भनिन्छ उनलाई ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob