scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

मलद्वारमा सुन लुकाउने बंगलादेशी नागरिक प्रहरी खोरमा


काठमाडौं, ११ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । थाइलाइन एयरलाईन्सबाट काठमाडौं आएका एक बंगलादेशी नागरिक मलद्वारमा लुकाएर ल्याउँदै गरेको ७५० ग्राम सुनसहित पक्राउ परेका हुन् ।

२५ वर्षिय मोहम्मद अदुल हुसेन विमानस्थल भन्सारमा पक्राउ परेका हुन् । उनीमाथि शंका लागेपछि शोधपुछ गर्दा उनले मलद्वारमा सुन लुकाएर ल्याएको खुलेको हो ।

केही समयअगाडि चिनियाँ नागरिक पनि यस्तै अवस्थामा सुनसहित पक्राउ परेका थिए । प्रहरी र विमानस्थलका कर्मचारीले दिशा लाग्ने औषधी खुवाएपछि सुन फेला पारेका हुन् ।

बंगलादेशी नागरिकबाट सय ग्रामका ७ वटा र ५० ग्रामको एउटा सुन फेला परेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob