scheduleआइतवार जेष्ठ ५ गते, २०७६

मदिरा फुकुवा गर्न उच्च अदालतको अन्तरिम आदेश


मुगु, ११ वैशाख । उच्च अदालत सुर्खेतले मुगुको छाँयानाथ रारा नगरपालिकामा मदिरा निषेध नगर्न अन्तरिम आदेश दिएको छ ।

गएको मसिर १ गते नगरपालिकालाई मधिरा निषेधित नगर घोषणा गरिएको भएपनि उच्च अदालत सुर्खेतका न्यायाधिश राकेशकुमार निधिको एकल ईजालासले जिल्ला अदालत जुम्लाबाट अन्तरिम आदेश जारी गरेको हो ।

नगरपालिकाले ईजाजत प्राप्त २८ जना मदिरा व्यवसायीको इजाजत कब्जामा लिई नगरलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो । तर उच्च अदालतले मदिरा नियन्त्रण ऐन २०३१ अनुसार ईजाजत प्राप्त मदिरा बेचबिखन गर्न पाउने अधिकार भएको भन्दै बन्द नगर्न अन्तिरिम आदेश जारी गरेको जिल्ला अदालत जुम्लाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob