scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

हतियारसहित पक्राउ परे पोल्याण्डका नागरिक

सांकेतिक तस्बिर

काठमाडौं, १२ वैशाख । पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित पक्राउ परेका छन् ।

कतार एयरको उडानद्वारा काठमाडौं आएका उनलाई बुधबार साँझ नेपाल प्रहरीले पक्राउ गरेको हो । उनले बोकेको ह्याण्डब्याग शंकास्पद लागेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा एक थान हतियार र १७७ क्यालिबरको गोलीको ३ प्याकेट फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई पक्राउपछि विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob