scheduleशनिवार जेष्ठ ११ गते, २०७६

गोरखा भूकम्प स्मृतिः पत्नीसहित प्रधानमन्त्रीका ८ पोज

काठमाडौं, १२ वैशाख । गोरखा भूकम्पको स्मृति अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर क्षेत्रमा स्मृतिसभा सम्पन्न भएको छ ।

उक्त सभाको प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्मृतिसभामा सम्बोधन गरे । लगत्तै उनले बसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण भइरहेका काष्ठमण्डप, नौतले दरबारलगायतका संरचनाको अवलोकन पनि गरे ।

स्मृति सभाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित पुनर्निर्माण भइरहेको त्रिपुरा सुन्दरी मन्दिरको अवलोकन भ्रमण गरेका थिए ।

 

प्रधानमन्त्री ओलीले आज बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरे । सम्पदा पुनर्निर्माणको अवलोकन गरेपछि उनले पुनर्निर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकालाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउनसमेत निर्देशन दिए ।

सम्पदा पुनर्निर्माणको अवलोकनपछि प्रधानमन्त्री ओलीले काष्टमण्डपमा राखिएको आगन्तुक पुस्तिकामा सम्पदा पुननिर्माणको कामबाट आफू खुशी रहेको लेखेका छन् । पुनर्निर्माणका क्रममा पाँचौं शताब्दीको काठ प्रयोग हुन सक्ने अवस्थामा भेटिएको र उपयोग गरिएको सुन्दा अचम्मै खुशी लागेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसँगै उनकी श्रीमती राधिका शाक्य, अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि सम्पदा पुनर्निर्माणको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री ओलीले आउँदो २० महिनाभित्र भूकम्पले क्षतिग्रस्त संरचना निर्माण भइसक्ने दावी गरे । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रममा उनले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवन यस अवधिमा निर्माण भइसक्ने बताए ।

भूकम्प स्मृतिमा पुगेका ओलीलाई हेर्नुहोस् केही तस्बिरहरुमा-

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob