scheduleआइतवार जेष्ठ ५ गते, २०७६

खुलामञ्चको खोजी, अतिक्रमणविरुद्ध आन्दोलन


काठमाडौं, १२ वैशाख । काठमाडौँको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीले आन्दोलन सुरु गरेका हुन् ।

विहीबार बिहान खुलामञ्चमै उपस्थित भएर विरोध प्रर्दशनमा उत्रिएका उनीहरूले त्यहाँ बनाएका सटर पनि बन्द गराएका थिए । खुला मञ्च खुला गर्न काठमाडौँ महानगरपालिकासँग माग गर्दै उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए महानगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

काँग्रेस नेता एवम् काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद भीमसेनदास प्रधानसहितको उपस्थितिमा भएको विरोध प्रदर्शनमा खुला क्षेत्र अतिक्रमण गरेर काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा बसपार्क र सटर सञ्चालन गर्न अनुमति दिएकोे भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरूले खुला मञ्च अतिक्रमण गर्न दिएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको आलोचना गर्दै नाराबाजी गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob