scheduleशनिवार जेष्ठ ११ गते, २०७६

मोदीको विरोध गर्ने युवालाई यस्तो सजाय


नयाँ दिल्ली, १२ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोध गर्ने युवा कुटिएका छन् । उत्तर प्रदेश वाराणसीमा मोदीको चुनावी कार्यक्रममा एक युवा कुटिएका हुन् ।

कुटाई खाने ती युवाले चुनावी कार्यक्रममा मोदीविरुद्ध चर्को नाराबाजीसहित विरोध गरेका थिए । विरोधपछि भागेर धर्मशाला पुगेका युवालाई मोदीका कार्यकर्ताहरुले लखेट्दै कुटेका थिए । बेस्करी कुटाई खाएका उनलाई अन्तिममा कान समातेर उठ बस गर्न लगाएका थिए ।

कुटाई खाएका युवाको परिचय भने खुलेको छैन । पिटाई खाइरहेका बेला युवाको पक्षमा रहेका केही युवाहरुले संरक्षणको प्रयास पनि गरेका थिए । एजेन्सी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob