scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

अदालतमा पनि कर्मचारी संगठन, अदालत ठप्प पार्ने चेतावनी

काठमाडौं, १३ वैशाख । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले देशैभरका अदालत ठप्प पार्ने चेतावनी दिएको छ ।

युनियनले २०७५ साउनदेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता नदिएको, न्यायाधीश नियुक्तिलगायतका विषयलाई लिएर देशैभर आन्दोलनको घोषणा गरेको हो ।

युनियनका अध्यक्ष प्रकाश पराजुलीले सरकारले निर्णय गरेर अदालतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भनिए पनि अहिलेसम्म नपाएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

युनियनले बिहीबार र शुक्रबार कालोपट्टी बाँधी काम गर्ने र १५ गतेदेखि २२ गतेसम्म दैनिक १ देखि ६ घण्टासम्मा कार्यालय समय कार्य बहिष्कार गर्नेजस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । त्यस्तै सोही अवधिमा माग सम्बोधन नभए त्यसपछि पूरै समय बहिष्कार गर्ने योजना रहेको युनियनका अध्यक्ष पराजुलीले बताउनुभयो ।

देशैभर आन्दोलनका कार्यक्रम जारी रहेको उहाँको दाबी छ । कर्मचारीले आइतबारदेखि बिहीबारसम्म दैनिक डेढ घण्टा र शुक्रबार २ घण्टा कार्यालय समय बढाइएअनुसार काम गरिरहेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage