scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

कैलालीबाट नेकपाका सेती ब्युरो सचिवसहित ३ जना गिरफ्तार


कैलाली, १३ वैशाख । नेकपाका ब्युरो सदस्य तथा सेती ब्युरो सचिव डबल शाहलाई धनगढी उप–महानगरपालिका एलेनचोकबाट बैशाख १३ गते विनाकारण केपी–बादल गृहप्रशासनले गिरफ्तार गरेको छ ।

यसैगरी कैलालीको टिकापुर नगरपालिकाबाट नगर इन्चार्ज धर्ति र सेक्रेटरी पूर्ण खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले आफ्ना नेता तथा कार्यकर्तालाई विनाकारण गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएका छन् र तुरुन्त रिहाइको मागसमेत गरेका छन् ।

रिहाइ नगरे सरकार विरुद्ध कडा भन्दा कडा संघर्षमा उत्रने मल्लले चेतावनी दिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage