scheduleबुधवार आषाढ़ ४ गते, २०७६

दुषित पानीका कारण एकै गाँउका १५० जना बिरामी


गुल्मी, १३ वैशाख । खोलाको दूषित पानी पिउँदा गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँको दजाकोटमा १ सय ५० जना बिरामी परेका छन् । बैशाख १० गते साँझदेखि दजाकोटमा झाडापखालाको महामारी फैलिएको कारण सिँगो गाउँ नै बिरामी परेको हो ।

बिरामीमध्ये चार जनालाई बिभिन्न ठाँउमा उपचारको लागि पठाइएको छ । अवस्था गम्भीर रहेकी ५९ वर्षीया कुमारी सिञ्जालीलाई जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको थियो । त्यहाँपनि उपचार हुन नसकेपछि हाल बुटवल स्थित गौतमबुद्ध सामुदायिक अस्पतालमा उपचारको निम्ती पठाइएको छ ।

तम्घासमा ३ जनाको उपचार भइरहेको छ । ८६ घरधुरी रहेको गाउँका सबैजसो घरमा बिरामी परेपछि नगरपालिकाको संयोजनमा हिजोदेखि पशुपति निमाविको भवनमै स्वास्थ्य शिविर सञ्चालन गरीएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

गाउँमा रहेका करिब १५० जना नै बिरामी परेको नगरपालिकाको जनस्वास्थ्य शाखाले जनाएको छ । उपचारमा संलग्न नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डिबी जिसीका अनुसार धेरै बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने समस्या देखिएको छ । दूषित पानीकै कारण फुड प्वाइजनको आशंकामा उपचार गरेको जानकारी दिदै उनले बिरामीको संख्या बढीरहेको बताए ।

जनस्वास्थ्य कार्यालयका मेडिकल अधिकृत महेश श्रेष्ठको टोली पनि शिविरमा औषधिसहित पुगेको छ । शिविरमा मुसिकोट हेल्थपोस्ट, वामी हेल्थपोस्ट र वडागाउँ हेल्थपोस्टबाट पनि स्वास्थ्यकर्मी र औषधिसहितको टिम परिचालन गरेर नियन्त्रण प्रयास भइरहेको मुसिकोट नगरपालिका प्रमुख सापकोटाले बताए ।

यसैबीच, हाल बिरामी बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डौमा थप सहयोगको लागि पत्राचार पनि गरिएको छ । जनस्वास्थ्य कार्यालय गुलीबाट पनि स्वास्थ्यकर्मी झिकाइएको छ ।

शिविरमा मुसिकोट हेल्थपोस्ट, वामी हेल्थपोस्ट र वडागाउँ हेल्थपोस्टबाट पनि स्वास्थ्यकर्मी र औषधिसहितको टिम परिचालन गरेर नियन्त्रण प्रयास भइरहेको नगरपालिका प्रमुख सापकोटाले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob