तलब नपाएपछि जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या
एजेन्सी, १५ वैशाख । चरम वित्तिय संकट व्यहोरिरहेको जेट एयरवेजा एक कर्मचारीले आत्महत्या गरेका छन् । एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेशकुमार सिंहले आत्महत्या गरेका हुन् । उनले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आर्थिक रुपमा टाट पल्टिएको जेट एयरवेजमा कार्यरत सिंह पेटको क्यान्सरबाट पीडित थिए । अन्य कर्मचारीजस्तै उनले पनि लामो समयदेखि तलब पाएका थिएनन् । महंगो उपचार खर्च लाग्ने रोगका कारण पीडित उनको तनाव तलब नपाएपछि झन चुलिएको थियो ।
जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब नपाएपछि परिवारमा थप समस्या थियो ।