scheduleबुधवार आषाढ़ ४ गते, २०७६

गुल्मीमा झाडापखालाको प्रकोप बढ्यो, एकको मृत्यू, सयौं बिरामी


गुल्मी, १५ वैशाख । गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा झाडापखालाबाट एक बालकको ज्यान गएको छ । आइतबारदेखि फैलिएको झाडापखालाका कारण १ सय ७० जना बिरामी भएका छन् ।

ज्यान जानेमा स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजाली रहेका छन् । झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी परेका र उनीहरुको गुल्मी अस्पतालमा उपचार भैरहेको छ ।

दजाकोटमा प्रकोपका कारण बिरामी हुने बिरामी आइतबार बिहानसम्म १ सय ७० नाघेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिए ।

बिरामी परेकाहरुको गुल्मी अस्पताल, भरतपुर मेडिकल कलेज चितवन र दजाकोटमा नै सञ्चालन गरिएको शिविरमा उपचार भैरहेको छ ।

स्थानीयहरुले उपभोग गर्दै आएको पानीको नमुना परिक्षण गर्दा पानीमा कोलिफर्म (दिसामा पाइने ब्याक्टेरिया) देखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob