scheduleबिहिवार भाद्र ५ गते, २०७६

हुम्लाका लागि हेलिकप्टरमा औषधि र चिकित्सक पठाइयो


काठमाडाैं, १५ वैशाख । अज्ञात रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित हुम्लाको ताजाकोट गाउँपालिकामा थप उपचारको प्रबन्ध गरिएको छ । सामाजिक विकास मन्त्री दल रावलका अनुसार प्रभावित क्षेत्रमा आइतबार बिहान हेलिकप्टर गइसकेको छ ।

सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने मन्त्री रावलले जानकारी दिए । ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उनले बताए ।

प्रभावित क्षे‍त्रमा औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन काम भइरहेको छ । प्रभावित क्षेत्रमा अहिलेसम्म ९ जनाको मृत्यू भइसकेको छ । ताजाकोट गाउँपालिकाको १, २ र ३ वडामा धेरै मानिसहरु रोगका कारण थला परेको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा दुई बालक र सात वृद्ध छन् । शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो ।

यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन् । यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage