scheduleबिहिवार भाद्र ५ गते, २०७६

हृदयघातले ढलेका बिजु बज्र उठेनन्


काठमाडौं, १५ वैशाख । चर्चित संगीतकार बिजु बज्रको निधन भएको छ । संगीत गायन र रचना तीन विधामा सक्रिय ब्रजको आइतबार बिहान हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको हो ।

हृदयघात भएर ढलेका उनलाई तत्काल उपचारको लागि सिभिल अस्पताल पुर्‍याइएको थियो । बज्रको उपचारकै क्रममा निधन भएको हो ।

यसअघि उनलाई दुईपटकसम्म हृदयघात भएको थियो । ‘झरी परिरह्यो मनमा थामिदैन आँसु’, ‘बिस्तारै छायो आँखामा अँध्यारो’, ‘मै ठूली भैैछुरे’, ‘तिमी मभन्दा कोसौँ टाढा छौ’ ‘कुन रंगको कमी थियो र’ जस्ता गीत उनका चर्चित गीतहरु हुन् ।

एक श्रीमती, दुई छोरा र एक छोरी रहेका बज्रको भोलि दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage